logo

Butwal Cricket Development Committee

(बुटवल क्रिकेट विकास समिति)

logo
News & Events

Seto Guras Child Development Project 082
News Image
सेतो गुंरास बाल विकास योजना अन्तरगत बुटवलका प्रतेक सरकारी विधालयहरुमा रहेका क्रिकेट खेलमा इच्छुक ६ देखि १० कक्षामा अध्ययनरत विधाथीहरुको बौद्धिक संगसंगै शारिरिक विकासका साथै Basic Cricket Course सिकाउने हेतुले बुटवल क्रिकेट विकास समितिको ब्यवस्थापन र साथमा ३ महिने क्रिकेट Classes हरु भइरहेको छ । ३ महिनाको कार्यक्रममा १ महिना पुरा भइसकेको र दोस्रो महिनाको २०औ दिन चलिरहेको अवस्था छ ।
स्कूल- स्कूलमा पुगेर दिनमा २ वटा सम्म स्कुललाई दैनिक ३-३ घण्टा Basic Cricketing Course गराउदै आएकोमा म Coach Harjeet Singh , सहकर्मी Uday Bhai , महिलाहरुलाई प्रोत्साहन दिन
सेतो गुरासकै सहकर्मीहरु सिकाउन इच्छाले जुडेकोमा कार्ययोजना थप आक्रषक बन्दै गएको छ ।
अलि Cricketing Skills मा राम्रो खेल्ने जेहेन्दार नानी बाबुहरुलाई Shortlisting गरेर उनीहरुलाई अझै परिपक्व बनाउने जिम्मेवारी बुटवल क्रिकेट विकास समितिले गर्ने छ ॥
आज हातबजार नजिक रहेको Gyanodaya Secondary School र साझ लक्ष्मीनगरकै स्कूलमा Cricket Classes हरु सन्चालन भएको थियो॥
धन्यबाद छ , Dalimaya Madam लाई । वहांको खेलकुदमा सरकारी स्कूलका विधार्थीहरुलाई पनि सपना देख्ने अधिकार छ र त्यसको लागि उनीहरलाई एक कदमको साथमात्र दिए उनीहरु दोस्रो पाइताला आफै चलाउन सक्छन् भन्ने सकारात्क सोचको कदर गर्दै , कदम कदममा साथ दिन म सबै वडाका अध्यक्षज्यूदेखि बुटवल उपमहानगरपालिकालाई साथ र हौसला दिन अनुरोध गर्न चाहन्छु ॥
- रोमित बज्राचार्य
(का. अध्यक्ष , BCDC )